मालेपाटनमा मोटरसाइकलको ठक्करबाट टंकबहादुरको मृत्यु, चालक घाइते

पाेखरा | मंसिर ८, २०८०

मालेपाटनमा मोटरसाइकलको ठक्करबाट टंकबहादुरको मृत्यु, चालक घाइते

पोखरा:   पोखरामा गएराति मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा टंकबहादुर कुमालको मृत्यु भएको छ । 


मालेपाटनमा मोटरसाइकलको ठम्ककरबाट गम्भिर घाइते भएका टंकबहादुरको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु  भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जानकारी दिएको छ । 


पस्र्याङबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको ग १९ प ९३३२ नम्बरको मोटरसाइकलले हिजो (बिहिबार) राति १०ः३० बजेको समयमा पैदल यात्री खोटाङ घर भई पोखरा बस्दै आएका टंकबहादुरलाई मालेपाटनमा ठक्कर दिँदा गम्भिर घाइते भएका थिए । 


घटनामा मोटरसाइकल चालक तनहुँ घर भई पोखरा–शान्तिनगर बस्ने थरबत थापा समेत घाइते भएका छन् । उनको अहिले पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्